तीनकुने घटना सरकारको नियोजित षडयन्त्र : राप्रपा नेपाल « Khabarhub

तीनकुने घटना सरकारको नियोजित षडयन्त्र : राप्रपा नेपाल


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले तीनकुने घटना सरकारको नियोजित षडयन्त्र भएको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले चैत १५ गतेको तीनकुने घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयम् लागेको निष्कर्ष निकालेको हो ।

उक्त घटनालाई प्रशासनिक दमनको संज्ञा दिँदै राप्रपा नेपालले उच्चस्तरिय न्यायिक आयोग गठन गरी निष्पक्ष छानविन गर्न माग गरेको छ ।

राप्रपा नेपालले कुनै अराजक गतिविधिमा संलग्न नरहेकाहरूलाई झुठा मुद्दा लगाई थुनामा राखिएको निष्कर्ष निकालेको छ । सबैलाई तत्काल रिहा गर्न समेत राप्रपा नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपा बैठकले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनःस्थापना गर्न डा.जगमान गुरुङको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिलाई पूर्ण रूपले सहयोग र समर्थन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ११ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको