होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा « Khabarhub

होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

टोकियो- ‘अनुचित आचरणको आरोप’ लागेपछि होन्डा कम्पनीका कार्यकारी उपप्रमुखले सोमबार राजीनामा दिएका छन् ।

कम्पनीका निर्देशकसमेत रहेका शिन्जी आओयामामाथि लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो ।”

“कम्पनीको व्यवस्थापनमा एक नेताको रूपमा रहेका र मानव अधिकारको सम्मानको लागि एक उदाहरण स्थापित गर्ने विश्वास गरिएका नेतृत्वमाथि सिद्धान्तविपरीत आचरण गरेको आरोप लाग्नु गम्भीर र खेदजनक छ,” विज्ञप्तिमा भनिएको छ ।

फर्मको लेखा परीक्षण समितिले अनुसन्धान गरी घटनाबारे निर्देशकहरूको समितिमा अनुशासनात्मक कार्य योजना प्रस्तुत गरेको थियो । निर्देशकको समितिले उहाँविरूद्धको आरोपबारे निर्णय गर्ने अख्तियार दिइएको थियो ।

अओयामाले समितिले कुनै कदम चाल्नुअघि नै राजीनामा पत्र बुझाएका छन् ।

“कम्पनीको सञ्चालक समितिले आओयामाले आफ्नो पदबाट राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

होन्डाका अध्यक्ष तोशिहिरो मिबेले यस विषयको गम्भीरताका कारण स्वेच्छाले दुई महिनाका लागि आफ्नो मासिक क्षतिपूर्तिको २० प्रतिशत रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

“गलत आचरणका कारण हुने कुनै पनि असुविधाका लागि र यसले सबै सरोकारवालाहरूलाई निम्त्याएको गम्भीर अशान्ति र चिन्ताका लागि कम्पनी क्षमाप्रार्थी छ,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३९ बजे

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर