अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं छन् ।

उनलाई सोमाबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दक्षिण ढोकाबाट पक्राउ गरेको हो । अर्कैले प्लटिङ गरेको जग्गालाई आफ्नो भनी ४५ लाख ५० हजार रुपैयाँ बैना समेत लिएर उनी फरार भएको थिए । उनले पीडितलाई सस्तो राम्रो मूल्यमा घडेरी रहेको, घर बनाउन पनि मिल्ने पछि बेचे राम्रो मूल्यमा आउँछ भनि प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौलागाईंविरुद्ध यसअघि पनि जिल्ला प्रहरी परिसर तथा मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट जम्मा ८ वटा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरु रहेका पाइएको छ । जसमा एक करोड ६४ लाख ८५ हजार बिगो रहेको पाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ९ : ५४ बजे

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई