मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपियाँ ०४ पैसा र बिक्रीदर १३७ रुपियाँ ६४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४९ रुपियाँ ९८ पैसा र बिक्रीदर १५० रुपियाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपियाँ ६२ पैसा र बिक्रीदर १७६ रुपियाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपियाँ ३४ पैसा र बिक्रीदर १६१ रुपियाँ ०४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ ९५ पैसा र बिक्रीदर ८३ रुपियाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ २२ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ७९ पैसा र बिक्रीदर १०२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७४ पैसा र बिक्रीदर १८ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५० पैसा र बिक्रीदर ३६ रुपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ५९ पैसा र बिक्रीदर ३० रुपियाँ ७२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ५८ पैसा र बिक्रीदर १३ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १० पैसा र बिक्रीदर २० रुपियाँ १८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ २१ पैसा र बिक्रीदर ४४७ रुपियाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ९९ पैसा र बिक्रीदर ३५७ रुपियाँ ५४ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ०५ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा