हजारौँ वर्षअघि लोप भएका ब्वाँसोको पुनर्जन्म, वैज्ञानिकले गरे दुई छाउरा र एक छाउरी उत्पादन | Khabarhub Khabarhub

हजारौँ वर्षअघि लोप भएका ब्वाँसोको पुनर्जन्म, वैज्ञानिकले गरे दुई छाउरा र एक छाउरी उत्पादन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिकहरुले हजारौँ वर्षअघि लोप भइसकेका ब्वाँसोलाई पुनर्जन्म दिएका छन् । कोलोसल बायोसाइन्सका वैज्ञानिकहरुले आजभन्दा १० हजार वर्षअघि लोप भइसकेको ब्वाँसोको प्रजातिलाई पुनर्जन्म दिएका हुन् ।

वैज्ञानिकहरुले ‘डायर उल्फ’ नाम गरेको ब्वाँसाको यो प्रजातिका तीन छाउराछाउरी उत्पादन गरेका छन् । यीमध्ये रोमुलुस र रेमस नाम गरेका दुई छाउरा ६ महिनाका भए भने खालिसी नाम गरेकी छाउरीको उमेर केबल २ महिनाको छ ।

वैज्ञानिकहरुले प्राचीन डीएनएमा आधारित रहेर डायर उल्फलाई पुनर्जन्म दिएका हुन् । टाइम्सका अनुसार वैज्ञानिकहरुले डायर उल्फको जिनोम अध्ययन गरी खैरो ब्वाँसोको जेनेटिक कोड पुनर्लेखन गरेका थिए । पछि घरपालुवा कुकुरलाई ‘सरोगेट मदर’ का रुपमा प्रयोग गरी वैज्ञानिकहरुले रोमुलुस, रेमस र खालिसीलाई जन्म दिएका हुन् ।

६ महिनाको उमेरमै दुई छाउराको लम्बाइ ४ फिट रहेको टाइम्स म्यागजिनले जनाएको छ । त्यसैगरी, उनीहरुको वजन ८० पाउण्ड अर्थात् ३६ किलो रहेको छ । यी प्रजातिका ब्वाँसा ६ फिट लम्बाइ र १५० पाउण्ड अर्थात् झण्डै ७० किलोसम्म पुग्ने जनाइएको छ ।

यो ब्वाँसो उत्तर अमेरिकामा पाइने कुकुर वर्गका अरु जनावरभन्दा ठूला हुन्छन् । यी प्रजातिका ब्वाँसा प्रायः एक्लै बस्न रुचाउने गरेको टाइम्सले उल्लेख गरेको छ । यी ब्वाँसाहरु आजभन्दा १० हजार वर्षअघिसम्म अमेरिकी महादेशमा पाइन्थ्यो ।

सन् २०२१ मा स्थापना भएको कोलोसल बायोसाइन्सले चाँडै ‘उली म्यामथ’, तास्मानियाली बाघ र डोडोजस्ता जनावरलाई पुनर्जन्म दिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : २९ बजे

राप्रपा युवा संघ काठमाडौं विभाजित, अधिवेशन भाँडिदा राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा 

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति

बडिमालिका धार्मिक आस्थाको केन्द्रबिन्दु : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण

धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष

एनपी साउदले भने- इन्टेलिजेन्स विधेयकले व्यक्तिको गोपनीयताको हक खण्डित गर्छ

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार