हिमाल चढ्ने रहर छ ? सरकारले खुलायो ४ सय ७६ चुचुरा « Khabarhub

हिमाल चढ्ने रहर छ ? सरकारले खुलायो ४ सय ७६ चुचुरा


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘स्काइ डाइभिङ’, ‘बञ्जी जम्प’ ‘जेटस्की’, ‘क्यानोइङ’ आखिर जीवनमा सबैभन्दा ठूलो ‘एडभेन्चर’ के होला ? हिमाल चढ्नु नै त होइन ?

यदि तपाईं हिमाल चढ्न चाहानुहुन्छ भने तपाईंले कस्तो तयारी गर्नुपर्ला ?

सरकारले हुम्लाको असाज्य टुप्पादेखि पाथीभरा उत्तर–पूर्व हिमाल चुचुरोसम्म ४ सय ७६ हिमाल चुचुरा आरोहणका लागि सरकारले खुला गरेको छ ।

ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल ।

केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

उपल्लो मुस्ताङका १५ हिमालसहित पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि सरकारले अनुमति खुला गरेको छ ।

पछिल्लो समय हिमाल आरोहण गर्ने उत्साह बढ्दै गएको छ । युवा, अभियानकर्मी सबै हिमाल आरोहणको अनुमप अनुभव बटुल्न चाहान्छन् ।

विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कामका लागि स्थानीय सरकार पहलमा लागेका छन् ।

कति लाग्छ रुपैयाँ ?

हिमाल आरोहण गर्ने साहस भने जोकोहीले गर्न सक्छन् । तर यसका लागि निश्चि खर्च र तालिम आवश्यक हुन्छ ।

हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत ६ हजार मिटर उचाइको हाराहरीको हिमाल चुचुरा आरोहणका लागि ५ देखि ६ जनाको समूहका लागि १५ लाख रुपैयाँ खर्च हुन्छ ।

“पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छन् । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक ४ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुन्छ”, उनले भने ।

व्यक्तिगत आवश्यक सामग्री ६० हजार रुपैयाँभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा टे«निङ लिनुपर्ने हुन्छ ।
ताप्लेजुङ जिल्लामा रहेका ५ हजारदेखि ७ हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ ।

हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ ।

पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बीमा गर्नुपर्छ ।

काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च लाग्छ ।

आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शक बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ३८ बजे

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले