हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए « Khabarhub

हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा हिउँ चितुवा रहेको पत्ता लागेको छ ।

नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क ल्याउने कार्य सकिएको बताए । माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो ।

गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले बताए । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गरेको थियो ।

सहायक वन अधिकृत बाबुलाल बम्जनका अनुसार ‘क्यामरा ट्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो ।
नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा छ वडा रहेका छन् । कुल क्षेत्रफल करिब दुई हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ०५ बजे

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले