२५० वर्ष शासन गरेको राजतन्त्र प्रेत बनेर आयो : महासचिव पोखरेल « Khabarhub

२५० वर्ष शासन गरेको राजतन्त्र प्रेत बनेर आयो : महासचिव पोखरेल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंङ्कर पोखरेलले राजाप्रति संकेत गर्दै प्रेत बनेर आएको बताएका छन् ।

नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै महासचिव पोखरेलले २५० वर्ष शासन गरेको राजतन्त्र अहिले प्रेत बनेर आएको बताएका हुन् । 

उनले एमाले सरकार भए पनि अहिले गणतन्त्रका पक्षमा सडकमा आएको बताए । ‘राजावादीहरू अहिले भन्छन् । गणतन्त्र के दियो भन्छन्,’ उनले भने,‘तपाई आफैँ भन्नुहोस् । सुर्खेतमा बाहेक अन्य ठाउँमा मोटर बाटो पुगेको थिएन । २०५६ सालमा म दैलेख जाँदा हिँडेर गएको थिए । गणतन्त्रको उपलब्धि थिएन ।’

मण्डलेहरूको शासनकालमा हालत खराब अवस्थामा कस्तो अवस्था थियो तपाईँहरू थाहा भएको महासचिव पोखरेलले बताए । ‘पञ्चायतकालमा कर्णालीबासीले एक ढिका नुनका लागि हेलिकप्टर कुनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले कर्णाली गाउँ गाउँमा सडक पुगेको छ । खानेपानी पुगेको छ । लोकतन्त्रमा त्यो अवस्था छैन ।’ 

पञ्चायतकालमा यो मुलुकको अवस्था कस्तो भने जम्मा एक सयमा ८ जनाले बिजुली बाल्ने गरेको अहिले अवस्थामा एक सय ९९ जनाले बिजुली बाल्न पाएको महासचिव पोखरेलले बताए । ‘यो उज्यालो बनाउने काम अहिले गणतन्त्र हो,’ उनले भने, ‘पञ्चायत अँध्यारो राखेको हो ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ३४ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’