बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी | Khabarhub Khabarhub

बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालुवाटारको भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।


शान्ति अहिंशालाई कमजोरी नठान्न प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिंदै लिङ्देनले भने, ‘नसुध्रने हो भने हामी पनि गोली चलाउँछौ त भन्दिनौं तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौं ।’


मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले जनता गोठको गाईबस्तु नभएको बताए । उनले प्रधानमन्त्री लक्षित टिप्पणी गर्दै भने, ‘सत्ता सधैंभरी तपाईंको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन’, जतिदिन हाम्रा साथीहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ ।


लिङ्देनले प्रश्न गरे, ‘देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०६ बजे

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

काठमाडौं – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौं – नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

म्याग्दीको धार्मिक पर्यटकीयस्थल तीनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा