नायक आकाश भन्छन्- ‘माया के हो ?’ गीत मन परेकाले म्युजिक भिडियोको विश्राम तोडेँ | Khabarhub Khabarhub

नायक आकाश भन्छन्- ‘माया के हो ?’ गीत मन परेकाले म्युजिक भिडियोको विश्राम तोडेँ


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक आकाश श्रेष्ठ र फिल्म ‘दुई नम्बरी’की नायिका उगेन छोदेनको अभिनय रहेको ‘माया के हो ?’ बोलको गीत सार्वजनिक भएको छ ।

जमलस्थित एक फिल्म हलमा मंगलरबार कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

यस गीतमा गायक सुरेश लामा र गायिका त्रिशला गुरुङको स्वर रहेको छ । प्रेम राजा अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीमा छायांकन गरिएको छ ।

अर्जुन पोखरलेको संगीत रहेको यस गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार भएको हो ।

गीत मन परेर लामो समयको म्युजिक भिडियोमा विश्रामलाई तोडेको नायक श्रेष्ठले बताए ।

उनले थपे, ‘म अहिले मेरो व्यवसायिक कामसँगै फिल्मकै कारण म्युजिक भिडिओमा पनि कम देखिएको छु । यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो ।’

त्यस्तै, फिल्म ‘दुई नम्बरी’पछिको यस भिडियोमार्फत दर्शकसँग फेरि भेट गर्न पाउँदा आफू उत्साहित रहेको नायिका छोदेनले सुनाइन् ।

म्युजिक भिडियो :

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : १३ बजे

बाँकेमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

बाँके– राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१०

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण

तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता

क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा

मुलुकमा १८ अर्बको काठजन्य सामग्री आयात

काठमाडौं– मुलुकमा १८ अर्बको काठ र काठजन्य सामग्री आयात भएको

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

काठमाडौं– पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७००