सलमानको ‘सिकन्दर’लाई किन दाँजिदै छ १५ वर्ष पुरानो फिल्मसँग ? « Khabarhub

सलमानको ‘सिकन्दर’लाई किन दाँजिदै छ १५ वर्ष पुरानो फिल्मसँग ?


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खानको फिल्म ‘सिकन्दर’ मार्च ३० देखि विश्वव्यापी प्रदर्शनरत छ । यो फिल्मको व्यापार उत्साहजनक छैन ।

भारतमा दर्शक र समीक्षक दुवै पक्षले ‘सिकन्दर’लाई कमजोर मानेका छन् । त्यसको असर बक्स अफिस कलेक्सनमा देखिएको हो ।

सलमानको यो फिल्मलाई एक सय करोड क्लबमा प्रवेश गर्न नै मुस्किल परेको छ । प्रदर्शनको आठौं दिनमा यसले भारतमा एक सय करोडको आकडा पार गरेको भारतीय बक्स अफिसको जानकारी राख्ने वेबसाइट स्याकनिल्कले उल्लेख गरेको छ ।

दशौं दिनमा प्रदर्शनरत यस फिल्मले घरेलु बजारमा ९ दिनमा १०४ करोड ग्रस कलेक्सन गरेको छ । उक्त अवधिमा विश्वभरबाट ‘सिकन्दर’ले १७४ करोडको व्यापार गरेको छ ।

२६ करोडले ओपनिङ गरेको यो फिल्मले दोस्रो दिन २९ करोडको व्यापार गरेको थियो । त्यसपछि दिनमा यसको व्यापार निरन्तर ओरालो लाग्ने क्रममा छ ।

यही सोमबार अर्थात् नवौं दिनमा फिल्मको व्यापार १ करोड ७५ लाखको मात्रै छ । यो फिल्मको अहिलेसम्म कम व्यापार भएको दिन सोमबार नै हो ।

किन दाँजिदै छ १५ वर्ष पूरानो फिल्मसँग ?

सन् २०१० देखि सलमान खानका कुनै पनि फिल्मले एक करोडभन्द कम ग्रस कलेक्सन गरेका छैनन् । सोहीकारण निर्माताहरु कम्तीमा पनि सलमानको फिल्मले एक सय करोड व्यापार गर्छ भन्ने मान्यताका साथ उनीमाथि लगानी गर्न तयार हुन्छन् ।

सन् २०१० ताका एक सय करोड ग्रस कलेक्सनलाई सुपरहिट मानिन्थ्यो । अहिले सलमान र शाहरुख खान जस्ता स्टारका फिल्म हिट सावित हुन् तीन सय करोडमाथिको ग्रस कलेक्सन गर्नुपर्छ ।

उनीहरुको अभिनय रहने फिल्मको प्रोडक्सन खर्च र पारिश्रमिक उच्च हुने भएकाले हिट बन्न तीन सय करोडको व्यापार गर्नै पर्ने देखिन्छ ।

‘सिकन्दर’को ग्रस कलेक्सन गति मन्द छ । सोहीकारण यसलाई सलमानकै १५ वर्ष पुराना फिल्मसँग दाँज्न थालिएको हो ।

सन् २०१० मा प्रदर्शनमा आएको सलमानको फिल्म ‘दबङ’ र ‘सिकन्दर’को बक्स अफिस कलेक्सन करिब उस्तै छ । दबङले १० दिनमा एक सय करोडको आकडा पार गरेको थियो । सिकन्दरको पनि गति उही छ ।

तर, दबङ त्यसबेलाको हिट फिल्म हो । अहिले ‘सिकन्दर’लाई अहिले ‘दबङ’ दाँज्नुको अर्थ फ्लप भयो भन्नु भयो । अर्थात् सलमानको स्टारडमको बक्स अफिस क्षमता डेढ दशकअघि फर्किएको भन्ने अर्थ लगाइएको हो ।

सन् २०१० पछि सलमानको सबैभन्दा कम व्यापार गर्ने फिल्ममा ‘सिकन्दर’ समावेश भएको छ । बजार विश्लेषकका अनुसार यस फिल्मले बढी १२५ करोडको ग्रस कलेक्सन गर्ने आजतकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ३३ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा