सलमानको ‘सिकन्दर’लाई किन दाँजिदै छ १५ वर्ष पुरानो फिल्मसँग ? « Khabarhub

सलमानको ‘सिकन्दर’लाई किन दाँजिदै छ १५ वर्ष पुरानो फिल्मसँग ?


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खानको फिल्म ‘सिकन्दर’ मार्च ३० देखि विश्वव्यापी प्रदर्शनरत छ । यो फिल्मको व्यापार उत्साहजनक छैन ।

भारतमा दर्शक र समीक्षक दुवै पक्षले ‘सिकन्दर’लाई कमजोर मानेका छन् । त्यसको असर बक्स अफिस कलेक्सनमा देखिएको हो ।

सलमानको यो फिल्मलाई एक सय करोड क्लबमा प्रवेश गर्न नै मुस्किल परेको छ । प्रदर्शनको आठौं दिनमा यसले भारतमा एक सय करोडको आकडा पार गरेको भारतीय बक्स अफिसको जानकारी राख्ने वेबसाइट स्याकनिल्कले उल्लेख गरेको छ ।

दशौं दिनमा प्रदर्शनरत यस फिल्मले घरेलु बजारमा ९ दिनमा १०४ करोड ग्रस कलेक्सन गरेको छ । उक्त अवधिमा विश्वभरबाट ‘सिकन्दर’ले १७४ करोडको व्यापार गरेको छ ।

२६ करोडले ओपनिङ गरेको यो फिल्मले दोस्रो दिन २९ करोडको व्यापार गरेको थियो । त्यसपछि दिनमा यसको व्यापार निरन्तर ओरालो लाग्ने क्रममा छ ।

यही सोमबार अर्थात् नवौं दिनमा फिल्मको व्यापार १ करोड ७५ लाखको मात्रै छ । यो फिल्मको अहिलेसम्म कम व्यापार भएको दिन सोमबार नै हो ।

किन दाँजिदै छ १५ वर्ष पूरानो फिल्मसँग ?

सन् २०१० देखि सलमान खानका कुनै पनि फिल्मले एक करोडभन्द कम ग्रस कलेक्सन गरेका छैनन् । सोहीकारण निर्माताहरु कम्तीमा पनि सलमानको फिल्मले एक सय करोड व्यापार गर्छ भन्ने मान्यताका साथ उनीमाथि लगानी गर्न तयार हुन्छन् ।

सन् २०१० ताका एक सय करोड ग्रस कलेक्सनलाई सुपरहिट मानिन्थ्यो । अहिले सलमान र शाहरुख खान जस्ता स्टारका फिल्म हिट सावित हुन् तीन सय करोडमाथिको ग्रस कलेक्सन गर्नुपर्छ ।

उनीहरुको अभिनय रहने फिल्मको प्रोडक्सन खर्च र पारिश्रमिक उच्च हुने भएकाले हिट बन्न तीन सय करोडको व्यापार गर्नै पर्ने देखिन्छ ।

‘सिकन्दर’को ग्रस कलेक्सन गति मन्द छ । सोहीकारण यसलाई सलमानकै १५ वर्ष पुराना फिल्मसँग दाँज्न थालिएको हो ।

सन् २०१० मा प्रदर्शनमा आएको सलमानको फिल्म ‘दबङ’ र ‘सिकन्दर’को बक्स अफिस कलेक्सन करिब उस्तै छ । दबङले १० दिनमा एक सय करोडको आकडा पार गरेको थियो । सिकन्दरको पनि गति उही छ ।

तर, दबङ त्यसबेलाको हिट फिल्म हो । अहिले ‘सिकन्दर’लाई अहिले ‘दबङ’ दाँज्नुको अर्थ फ्लप भयो भन्नु भयो । अर्थात् सलमानको स्टारडमको बक्स अफिस क्षमता डेढ दशकअघि फर्किएको भन्ने अर्थ लगाइएको हो ।

सन् २०१० पछि सलमानको सबैभन्दा कम व्यापार गर्ने फिल्ममा ‘सिकन्दर’ समावेश भएको छ । बजार विश्लेषकका अनुसार यस फिल्मले बढी १२५ करोडको ग्रस कलेक्सन गर्ने आजतकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ३३ बजे

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण, विश्वासको मत बुधबार लिने

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । 

गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन