कोशी पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री नजाने | Khabarhub Khabarhub

कोशी पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री नजाने


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी पर्यटन वर्ष–२०८२ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नभ्याउने भएका छन् ।

औपचारिक समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । समुद्घाटन कार्यक्रम तेह्रथुमको वसन्तपुरस्थित आरआर गार्डेनमा हुँदैछ ।

मूल आयोजक समितिका अध्यक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की छन् । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताए ।

उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : १७ बजे

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र

वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

भरतपुर– चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा