कोशी पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री नजाने « Khabarhub

कोशी पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री नजाने


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी पर्यटन वर्ष–२०८२ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नभ्याउने भएका छन् ।

औपचारिक समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । समुद्घाटन कार्यक्रम तेह्रथुमको वसन्तपुरस्थित आरआर गार्डेनमा हुँदैछ ।

मूल आयोजक समितिका अध्यक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की छन् । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताए ।

उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : १७ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग