कर्णाली सरकारले गर्‍यो प्रदेशका परम्परागत विद्यालयको अवस्था अध्ययन « Khabarhub

कर्णाली सरकारले गर्‍यो प्रदेशका परम्परागत विद्यालयको अवस्था अध्ययन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा गठित सात सदस्यीय कार्यदलले यहाँका परम्परागत तथा धार्मिक आस्था एवं पद्धतिमा आधारित विद्यालयको अध्ययन गरेको छ ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालको संयोजकत्वमा गठित कार्यदलले यहाँ सञ्चालित गुरुकुल, गुम्बा र मदरसाको अवस्था अध्ययन गरी तयार पारेको प्रतिवेदन आज सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई हस्तान्तरण गरेको छ ।

कार्यदलले ती विद्यालयको सञ्चालन, व्यवस्थापनलगायतका विभिन्न पक्षमा अध्ययन, सवल पक्ष, समस्या, चुनौती र सम्भावनाका बारेमा प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य सचिव तथा मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री भण्डारीले सरकारले आगामी वार्षिक नीति तथा कार्यक्रममा परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण तथा प्रवद्र्धन र जनशक्ति व्यवस्थापनका कार्यक्रम ल्याउने बताए ।

कार्यदल संयोजक हमालका अनुसार चार महिनाको समय लगाएर स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार गरिएको छ ।

प्रदेश सरकारलाई परम्परागत विद्यालयको अवस्थाको जानकारी गराउने उद्देश्यले अध्ययन गरिएको हो ।

गुरुकुल, गुम्बा र मदरसाका प्रतिनिधिले प्रदेश सरकारले ती विद्यालयहरुको व्यवस्थापन तथा सञ्चालनका लागि ऐन नै ल्याउनुपर्ने सुझाव दिएका छन् । गुरुकुल, गुम्बा र मदरसा विद्यालयको शिक्षा पद्धतिअनुसार हाल कर्णालीमा १६ वटा परम्परागत तथा धार्मिक विद्यालय सञ्चालनमा रहेको कार्यदलका सदस्य डा दीपककुमार गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : १३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ