ताराखोलाका वडाध्यक्ष मृत भेटिए « Khabarhub

ताराखोलाका वडाध्यक्ष मृत भेटिए


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

पोखरा – बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मृत भेटिएका छन् । ताराखोला गाउँपालिका–३ काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी बुधबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा गएको टोलीले मृतकको उद्धार गरेको थियो ।

बुधबार बिहान साढे ११ बजेतिर भण्डारी मृत भेटिएका थिए । गत स्थानीय निर्वाचनमा भण्डारी माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : १९ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग