बागलुङ कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन « Khabarhub

बागलुङ कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन


२६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि) को अवसरमा ४२ लाख ६३ हजार १५५ रुपैयाँ भेटी सङ्कलन भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार यस वर्ष चैतेदसैँको दिन (अष्टमी) मा सबैभन्दा बढी भेटी सङ्कलन भएको हो । अष्टमीका दिन ११ लाख ८१ हजार ५ सय ९० रुपैयाँ सङ्कलन भएको छ ।

खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष एक लाख ९० हजार ५ सय ९७ रुपैयाँ बढी भेटी सङ्कलन भएको बताए । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।

चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उनले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताए । अष्टमीका दिनमा मात्र तीन लाख रुपैयाँ भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ ।

चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । कालिका मन्दिर गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ३ : ३० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२