बागलुङ कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन « Khabarhub

बागलुङ कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि) को अवसरमा ४२ लाख ६३ हजार १५५ रुपैयाँ भेटी सङ्कलन भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार यस वर्ष चैतेदसैँको दिन (अष्टमी) मा सबैभन्दा बढी भेटी सङ्कलन भएको हो । अष्टमीका दिन ११ लाख ८१ हजार ५ सय ९० रुपैयाँ सङ्कलन भएको छ ।

खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष एक लाख ९० हजार ५ सय ९७ रुपैयाँ बढी भेटी सङ्कलन भएको बताए । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।

चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उनले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताए । अष्टमीका दिनमा मात्र तीन लाख रुपैयाँ भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ ।

चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । कालिका मन्दिर गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : ३० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग