आठौँ दिन हात उठाउँदै सडकमा शिक्षक (तस्बिरहरू) | Khabarhub Khabarhub

आठौँ दिन हात उठाउँदै सडकमा शिक्षक (तस्बिरहरू)


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । 

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बुधबार पनि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हात उठाएर प्रदर्शन गरेका हुन् ।

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरे पनि महासंघले वार्ता अस्वीकार गरेको छ । आफूहरू अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ ।

महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

चैत्र २० गते देखि सुरु भएको शिक्षक आन्दोलन आज ८ औँ दिन पनि जारी, माग पूरा नभए  नफर्किने चेतावनी शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलन उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ०४ बजे

माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो, रामकुमारी झाँक्री पनि पुगिन् अदालत

काठमाडौं – विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको

जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड

धनुषा – मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो