दुई सरकारको टकरावले अलपत्र काठमाडौं टावर (तस्बिरहरू) « Khabarhub

दुई सरकारको टकरावले अलपत्र काठमाडौं टावर (तस्बिरहरू)


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकरावले पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावर अलपत्र परेको छ ।

१३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर दुई सरकारबीचको द्वन्द्वका कारण अलपत्र अवस्थामा छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

यसमा काठमाडौंकै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहित संघीय सरकारको संलग्नता रहेको आशंकासहित साहले टावर भत्काउने बताइरहेका छन् ।

भ्यू-टावर भत्काउने तयारी गरिएको चर्चाबीच यसको निर्माण अलपत्र परेको हो । काठमाडौं महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय त गरिसकेको छैन तर मेयर साहले भत्काउने बताइरहँदा यो अलपत्र परेको हो ।

वि.सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यू-टावर निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माण अधुरै छ ।

भ्यू-टावरको १२औँ तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले अलपत्र अवस्थामा छाडेको छ। बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना भइरहँदा अहिले भवन नै अलपत्र परेको हो ।

उक्त टावर २३ रोपनी पाँच आना जग्गाभित्र बन्दैछ । व्यवसायिक प्रयोजनका लागि बनाइएको उक्त टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, रेष्टुरेन्ट र बैंक आदिका कार्यालय रहने बताइएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ०४ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका