काठमाडौं – अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।
नेपाली युवा टोलीले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो ।
मूलपानी किकेट मैदानमा नेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।
अफगानिस्तानले तीनवटा खेलको शृङ्खलामध्ये २ जित आफ्नो पक्षमा पारेको थियो । यसअघि अफिगानिस्तानले १३० रनको जित निकालेर शीर्ष स्थानमा रहेको थियो ।
प्रतिक्रिया