तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न « Khabarhub

तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य  जारी गरेको छ । 

मन्त्रीस्तरिय बैठकमा ३ देशका मन्त्रीहरूको  सहभागिता रहेको  थियो ।  बाकी  ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए  ।

बैठकको अध्यक्षता गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरूलाई स्वागत गर्दै कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सद्स्री राष्ट्रहरूको सहकार्यमा जोड दिए । 

जल वायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेक अन्तरगतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताए । 

भारतका कृषिमन्त्री शिवराज चौहानले बिमस्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी, तथा मत्सय पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिए ।  

 यस अघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रीस्तरीय बैठकले यसलाई  अनुमोदन गरेको हो । 

आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहान बिच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिए ।

भेटवार्तामा भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यसै गरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सग पनि दिपक्षिय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपाल बिच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बिच याकको विकासमा सहकार्य गर्न सकिने बताए । 

भुटानका मन्त्रीले  दुई देशका प्रयासहरू समान र साझा रहेकाले नेपाल र भुटान बिच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गरे । भेटवार्तामा दुवै देशको कृषि मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२