सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् ।  

नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस विषयमा कुनै सम्झौता नहुने बताएका हुन् । 

उनले आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफूलाई आशङ्का लागेको बताए । देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायित्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए ।

उनले कम्तीमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पुँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।  

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजीवी, शिक्षक, प्राध्यापक लगायत सबैको साथमा रहेको र सबैको भलाईका लागि काम गर्न चाहेको बताए ।   

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ३७ बजे

दिल्लीका बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली- कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक

भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा (तस्बिरहरू)

काठमाडौं– श्रावण २६ गते, २०८२ सोमबार, भक्तपुर–५, चासुखेलमा चण्डेश्वरी १२

युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ

न्यूयोर्क- गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको

‘जारी २’को टिजरमा पनि देखियो दयाहाङ–मिरुनाको नोकझोँक

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको तेस्रो फिल्म ‘जारी

कर्णालीमा बन्दै ‘राउटे करिडोर’

काँक्रेबिहार– कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न