पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड | Khabarhub Khabarhub

पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

मुख्यमन्त्री आचार्यले आजदेखि सुरु भएको पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै महर्षि पाणिनि र पतञ्जलीको योगदानलाई सम्मान गर्दै उनीहरूको तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पारे । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

‘पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तरराष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ’, मुख्यमन्त्री आचार्यले भने, ‘यी प्रयासले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।’

उनले समुद्र सतहदेखि छ हजार सात सय ७३ फिट उचाइमा अवस्थित पाणिनि क्षेत्रलाई महर्षि पाणिनिको तपोभूमिका रूपमा उल्लेख गर्दै यस क्षेत्रको ऐतिहासिक, धार्मिक र प्राज्ञिक महत्वबारे प्रकाश पारे । उनले लुम्बिनी प्रदेशलाई प्राचीन सभ्यता, संस्कृति र ज्ञानको सङ्गमस्थलको रूपमा चित्रण गर्दै यहाँका पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन प्रवर्द्धनमा सरकार अघि बढेको जानकारी दिए  ।

सम्मेलनमा प्राज्ञिक क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता र सहभागी छन् । मुख्यमन्त्री आचार्यले पाणिनि र पतञ्जलीको योगदानलाई विश्वव्यापी सम्मान दिलाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे ।

प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको योजनाबद्ध विकास गर्न प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताए  ।

उनले पर्यटन क्षेत्रको विकास र मुलुकको आर्थिक समृद्धिका लागि छिमेकी देश चीन र भारतबाट पर्यटक भित्र्याउने गरी योजना बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ४३ बजे

माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो, रामकुमारी झाँक्री पनि पुगिन् अदालत

काठमाडौं – विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको

जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड

धनुषा – मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो