नक्सालमा थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु | Khabarhub Khabarhub

नक्सालमा थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुनापति गाउँपालिका–४, रामेछापको आयोजना तथा ख्वप पौभा च्वमी पुचःको सहकार्यमा आजदेखि ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ सुरु भएको छ ।

काठमाडौंको नक्सालमा आज उक्त प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कलाको उत्थानमा सरकारले सक्दो सहयोग गर्ने बताए । 

‘सरकारले यस्तो कलालाई चिन्न सकेको छैन । चिनाउन सकेको छैन । यस्तो कलालाई बचाउन सकियो भने देश बन्छ । कलाकारलाई चिन्यो भने देश बन्छ’, उनले भने ।

बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले थाङ्का/पौभा कला क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताए  ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई विश्वमाझ चिनाउन परम्परागत र रैथाने कला विशेष रहेको बताउँदै प्रदर्शनीमा सहभागी कलाकारहरूलाई बधाई ज्ञापन गरे  । उनले प्रतिष्ठानले २०८२ वैशाख २ गतेदेखि आयोजना गर्न लागेको ‘ललितकला मेला’ अवलोकनका लागि सबैलाई आह्वान गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले थाङ्का/पौभा क्षेत्रले हजारौँ नेपालीलाई रोजगार दिएको र देशको अर्थतन्त्रमा अर्बौँको योगदान दिइरहेको उल्लेख गरे  । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ०४ बजे

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा

कञ्चनपुर– रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)

काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको

पोखराका चार स्थानमा छठपूजा गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको

काभ्रेमा तोडफोड-आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी

काभ्रेपलाञ्चोक– गत भदौ तेस्रो साता भएको जेन-जी आन्दोलनका क्रममा तोडफोड