शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै एक सातादेखि आन्दोलनरत शिक्षकले उठाउँदै आएको नयाँ शिक्षा ऐन ल्याउनुपर्नेलगायत जायज मागहरू पूरा गर्नुपर्ने बताए।

शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै नेता खनालले देशभरका शिक्षकका जायज मागप्रति सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनता र शक्तिहरूको सहयोगको अपेक्षा गरे ।

ज्ञानका माध्यमबाट शिक्षाको ज्योति फैलाउने गुरुहरुले समस्त बालबालिकालाई शिक्षाको आलोकबाट समाजलाई आलोकित गरिरहेको बताउँदै उनले शिक्षकहरूले बालेको नवचेतनाको ज्योतिले देशको भविष्य निर्माणमा योगदान गरिरहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले शिक्षकहरू सिङ्गो समाजका गुरुहरू भएकाले उनीहरूका मागलाई पूरा गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ३७ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक