मध्यपहाडी लोकमार्गको बाङ्गेचौर–उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै « Khabarhub

मध्यपहाडी लोकमार्गको बाङ्गेचौर–उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ बजार खण्डमा स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ । 

एक दशक अगाडि निर्माण भएको यो खण्ड मापदण्डभन्दा साँघुरो हुँदा फराकिलो बनाई कालोपत्र गर्न गर्न थालिएको हो । हाल करिब पाँच मिटर चौडा रहेको उक्त सडकलाई स्तरोन्नति गरी सात मिटर बनाइएको हो ।

तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई सो सडक हस्तान्तरण गरेको थियो ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट वडा नंं ४ को उपल्लाचौरसम्मको दुई किलोमिटर फराकिलो बनाई कालोपत्र गर्न थालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि रु छ करोड ७२ लाख ६५ हजारमा एचसीबिजिसीएस गोर्खा कम्पनीले जिम्मा पाएको उनको भनाइ छ । अहिले निर्माण कम्पनीले कामदार खटाएर धमाधम काम गरिरहेको छामिछानेले बताए । यस सडकखण्डलाई सात मिटर चौडाको ‘डबल लेन’ बनाइने उनको भनाइ छ । 

निर्माण कम्पनीले गत फागुनमा सडक स्तरोन्नतिका लागि सम्झौता गरेको र आगामी २०८२ भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने छामिछाने बताउँछन् ।

‘यो सडकखण्ड धेरै वर्ष अगाडि कालोपत्र भएको हो, भत्किएर साँघुरिएको थियो, केही समय अगाडि मात्र लोकमार्गले सडक डिभिजनलाई हस्तान्तरण गरेको थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘निर्माण कम्पनीले काम सुरु भएको धेरै भएको छैन, छोटो समयमै १० प्रतिशत काम सकेको छ, अबको छ महिनामा काम सक्नुपर्ने छ ।’

सवारी चालक प्रेमनाथ कँडेलले यो सडक साँघुरो हुँदा दुर्घटनाको उच्च जोखिम भएको बताए । पहिला थोरै सवारीसाधन चल्ने उक्त सडकमा अहिले दैनिक जिल्लाको बुर्तिबाङ, गलकोटसहित म्याग्दी, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोटलगायत ठाउँ पुग्ने यातायात सञ्चालन हुँदा चाप बढेको कँडेलको भनाइ छ । 

साँघुरो सडकका कारण गाडी ओहोरदोहोर गर्न समस्या भएको उनले बताए । स्तरोन्नतिपछि सहज हुने कँडेल बताउँछन् ।

मध्यपहाडी लोकमार्ग बागलुङमा करिब १४० किलोमिटर पर्छ । त्यसमध्ये हालसम्म बिहुँ खण्डको करिब १२ किलोमिटरबाहेक अन्य सबै खण्ड कालोपत्र भइसकेको छ । बिहुँ खण्डमा पनि अहिले स्तरोन्नतिको काम भइरहेको छ । 
 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : ३८ बजे

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका