जलाधार क्षेत्रको संरक्षण गर्दै भोजपुरको रामप्रसादराई गाउँपालिका « Khabarhub

जलाधार क्षेत्रको संरक्षण गर्दै भोजपुरको रामप्रसादराई गाउँपालिका


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भोजपुर– रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण सुरु गरेको छ । मानवीय क्रियाकलापका कारण प्राकृतिक रूपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो ।

गाउँपालिकाले नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत वडा नं ३ भुल्केमा रहेका ठूला दुई वटा मुहानको संरक्षण गरेको छ । कार्यक्रमअन्तर्गत २५ लाख रुपैयाँ बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षणसँगै आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । संरक्षण गरिएका मुहान खानेपानीसँगै सिँचाइका लागि प्रयोग भइरहेको उनको भनाइ छ ।

‘हामीले यहाँका विभिन्न जलाधार क्षेत्रको संरक्षण गरिरहेका छौँ’, वडाध्यक्ष थापामगरले भने, ‘प्राकृतिक प्रकोपसँगै मानवीय क्रियाकलापका कारण धेरै मुहान सुक्दै गएको अवस्था छ । मूलहरूको संरक्षणका लागि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’

जलाधार क्षेत्रको संरक्षणसँगै सो कार्यक्रमअन्तर्गत २०० मिटर सिँचाइ कुलो निर्माण, विश्रामस्थल निर्माण, मुहानको घेराबारा, शौचालय निर्माणलगायत काम गरिएको उनको भनाइ छ । भइरहेका मुहानलाई भविष्यमा सुक्न नदिन रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष थापामगरको भनाइ छ ।
 
जलवायु परिवर्तका कारण विश्वमा धेरै खालका असर देखिन थालेकाले जलाधार क्षेत्रको संरक्षण तथा विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । 

गाउँपालिकाले यहाँ रहेका मुहानको खोजी तथा पहिचान गरेर संरक्षणको काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेटलाई पर्यावरणको संरक्षण तथा विकासमा  खर्च गरिएको उनको भनाइ छ ।

यहाँको पाँचधारे, तीनधारे मुहानको संरक्षण भइरहेको उक्त वठाका सदस्य टेकराज भट्टराईले बताए । यो क्षेत्रको एउटै सतहमा रहेका ठूलो मुहान र लम्साल मुहानको पनि वडाले यसअघि संरक्षण गरेको उनले जानकारी दिए ।  
स्थानीय सरकारले जलाधार क्षेत्रको संरक्षणका लागि भुल्के क्षेत्रमा गरिरहेको काम राम्रो रहेको स्थानीयवासी प्रकाश बानियाँले बताए । 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२