ओलीको कार्यशैलीबाट दिक्क गगन, भन्छन्- बिँड तातेर के गर्नु, ताप्के नै तात्दैन | Khabarhub Khabarhub

ओलीको कार्यशैलीबाट दिक्क गगन, भन्छन्- बिँड तातेर के गर्नु, ताप्के नै तात्दैन

संयन्त्रमा बसेर सघाउँदा पनि सरकारले गति नलिएको गुनासो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालापछि महामन्त्री गगनकुमार थापाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनलाई सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठीक ढंगले काम गर्न नसकेको बताए ।

सरकारले ठिक ढंगले काम गर्दै परिणाम देओस् भनेर संयन्त्रमा बसे पनि ताप्के (प्रधानमन्त्री) नतातेपछि समस्या भएको थापाले बताए ।

सरकारले १८ देखि २० घण्टा काम गरेर जनगुनासो सम्बोधन गरोस् भन्ने चाहेको थापाले बताए । तर, ताप्के नतातेर बिँडमात्रै तात्दा दिक्दारी भएको पनि उनले गुनासो गरे ।

‘जुन गतिमा सरकारले काम गर्छ भन्ने हाम्रो अपेक्षा हो, गर्न सकिरहेको छैन । म अहिले संयन्त्रको जिम्मेवारीमा छु। तर बिँड तातेर केही नहुने रहेछ, ताप्के नै तात्नुपर्ने रहेछ’, उनले भने, ‘जिम्मेवारीमा रहेको ताप्के ताते मात्रै परिणाम आउँछ । नभए हामीलाई हुटहुटी भएर मात्रै केही हुँदैन । म त १८/२० घण्टा काम गर्न तयार छु । सरकारमा बसेका साथीले पनि १८/२० घण्टा काम गर्नुपर्ने हुन्छ ।’

उनले सरकारमा रहेका साथीहरूले जिम्मा लिएको काम गर्नुपर्ने बताए । ‘जिम्मा चाहिँ के छ भन्दा मन्त्रालयको, म पनि हिजो मन्त्री भएर आएको । म स्वास्थ्यमन्त्री भएर काम गर्दैगर्दा मैले दायाँबायाँ स्वास्थ्यभन्दा केही पनि देख्दैन थिएँ’, उनले भने, ‘मेरो काम त त्यही हो नि । मैले अनुभवका आधारमा प्रधानमन्त्री र मन्त्रीलाई भनिरहेको छु । एकदमै छिटो परिणाम चाहिएको छ ।’

उनले वर्तमान सरकारले आर्थिक सुधारका लागि केही काम गरेको दाबी गरे । महामन्त्री थापाले कांग्रेसकै आइडिययामा सरकारले अध्यादेशमार्फत् विधिन्न ऐन कानुन संशोधन गरेको पनि बताए ।

‘सरकारले इमर्जेन्सीको महसुस गर्‍यो । आर्थिक क्षेत्रमा समस्या छ । अर्थतन्त्रमा एकदमै ठूलो दबाब छ । बैंककमा पैसा छ, ऋण लिन कोही गइरहेको छैन’, उनले भने, ‘राष्ट्र बैंकमा विदेशी मुद्रा भरिभराउ छ, प्रयोग गर्न सकिएको छैन । सरकारले ढुकुटीको पैसा खर्च गर्न सकिरहेको छैन । अर्थात्, अर्थतन्त्र धेरै ठूलो दबाबमा छ ।’

उनले अर्थतन्त्र चलायमान बनाउन लगानीको वातावारण बनाउनुपर्ने बताए । ‘सबैभन्दा पहिले लगानीको वातावरण बनाउनुपर्यो, व्यवसायको वातावरण बनाउनुपर्यो’, उनले भने, ‘यसका लागि केही कानुनी सुधार गर्नुपर्छ भन्यौँ। त्यो कांग्रेसकै आइडिया हो । हाम्रो आइडियामा सरकारलाई काम गरायौँ । संयुक्त सरकारले काम गर्यो, केही सुधार पनि भएका छन् ।’

महामन्त्री थापाले केही दिनयता प्रधानमन्त्री ओली नेतृत्वको सरकारबारे निरन्तर तिखो टीप्पणी गरिरहेका छन् । रूपन्देही र गुल्मीमा पुगेर पनि उनले सरकारबारे असन्तुष्टि पोखेका थिए ।

उनले बुधबार मात्रै प्रधानमन्त्री ओली र मन्त्रीहरू काम नगरेर घुमफिरमा लागेको भन्दै असन्तुष्टि जनाएका थिए ।

रूपन्देहीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न छाडेर प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र घुमफिरमा लागिरहेको बताए ।

युद्धको मनोविज्ञानबाट काम गर्नुपर्ने परिस्थितिमा पनि प्रधानमन्त्री र मन्त्रीहरू संवेदनशील नभएको निष्कर्ष उनले सुनाए ।

‘हामी भन्छौँ, सरकारलाई– युद्धको मनोविज्ञानबाट काम गर । १८, २० घण्टा काम गर । उद्घाटन गर्न नजाऊ, कहीँ भाषण गर्न नजाऊ । प्रधानमन्त्री डुलेको देख्छु । मन्त्रीहरु घुमेको देख्छु’, उनले भने, ‘सम्मानपूर्वक उहाँहरूलाई अनुरोध गरिरहेको छु–तपाईंहरू डुल्न, घुम्न छोड्दिनुस् । काम गर्नुस्, त्यो कामको प्रचार हामी गरिहाल्छौँ । हामी डुल्छौँ, हामी घुम्छौँ ।’

थापाले बुधबार पनि प्रधानमन्त्री ओलीलाई ताप्के र आफूहरूलाई बिँडको संज्ञा दिएका थिए । उनले बुधबार पनि बिँडमात्रै तातेर केही नभएको बताएका थिए । त्यही कुरा बिहीबार काठमाडौंमा दोहोर्‍याए ।

सरकारले ठीक समयमा ठीक ढंगले काम नगरेकै कारण अहिले शिक्षकहरू सडकमा आउनुपर्ने परिस्थिति बनेको उनको भनाइ थियो । महामन्त्री थापाले शिक्षकहरूको जायज माग चाँडोभन्दा चाँडो सम्बोधन गरेर कक्षाकोठामा पठाउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : २० बजे

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन आवश्यक : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम

नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति !

मान्छे हुनुको अर्थ, ऊ जीवित हुनुमात्र होइन । मान्छे हुनु

तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो

काठमाडौं – राजावादीको आन्दोलनमा समातिएका अधिकांशले लहैलहैमा आन्दोलनमा लागेको बयान

पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे

पाटन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

दमास्कस- संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार