दुई करोड खर्चेर विष्णुमती करिडोरमा पार्क बनाइँदै | Khabarhub Khabarhub

दुई करोड खर्चेर विष्णुमती करिडोरमा पार्क बनाइँदै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँबसपार्कस्थित विष्णुमती किनारामा एक करोड ९८ लाख २२ हजार रुपैयाँ लागतमा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको एक करोड ९८ लाख २२ हजार रुपैयाँ लागतमा पार्क निर्माण हुन लागेको हो । 

नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ अस्थायी टहरा हटाएर उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो । नयाँ निर्माण भएको पार्कभित्र खुला व्यायमशाला, ज्येष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालय रहने टोखाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसीले जानकारी दिए ।    
 
नगरप्रमुख प्रकाश अधिकारीले स्थानीयवासीको लामो समयदेखिको मागअनुसार पार्क निर्माण कार्य अगाडि बढाइएको बताए । उनले नेपाल भूकम्पले अति जोखिम क्षेत्र भएकाले खुल्ला स्थान बनाउनुपर्ने स्थानीयको मागअनुसार पार्क तथा उद्यान निर्माण गर्न लागिएको बताए । पार्क एक वर्षभित्र निर्माण सम्पन्न हुने सो नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ०५ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज