संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै « Khabarhub

संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ।

यस्तै राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीसँग छलफल हुनेछ।

यस्तै दिउँसो १ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (संचालन तथा व्यवस्थापन) विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२