समान ज्याला माग गर्दै चिकित्सक प्रशासनविरुद्ध आन्दोलित « Khabarhub

समान ज्याला माग गर्दै चिकित्सक प्रशासनविरुद्ध आन्दोलित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सक अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन्।

समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे। आन्दोलनको पाँचौ दिन चिकित्सकले समान ज्याला र सुरक्षित कार्यस्थलको माग गर्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन्।

गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा मासिक ४८ हजार ७०० कायम गर्नुपर्ने निर्णय गरिएको हो।

त्यसअघि देशैभरका आवासीय चिकित्सकहरु आन्दोलनमा थिए। समान ज्यालाको मागसहित हप्ता दिन आन्दोलित भएको परिणाम आयोगको बैठकले उक्त निर्णयपछि विभिन्न क्षेत्रबाट काठमाडौं पुगेका चिकित्सक सेवामा फर्किएका थिए।

तर, निजी मेडिकल कलेजले आयोगको निर्णय नमानेपछि २ महिना नबित्दै पुनः आन्दोलनमा उत्रनुपरेको डा। रवि लामिछानेले बताए। ‘केन्द्रिय संघर्ष समितिकै निर्देशनअनुसार आन्दोलनमा उत्रिएका हौं’ डा। लामिछाने भन्छन् ‘जीएमसीले सरकारकै निर्णय नमानेपछि आन्दोलनलाई निरन्तरता दिएका हौं।’

जीएमसीसँगै पोखराकै मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सकसमेत समान मागसहित आन्दोलनमै छन्।

‘मणिपाल र गण्डकी मेडिकल कलेज (जीएमसी)का साथीहरु पुनः आन्दोलित भएका छौं’ मणिपालका डा. वामदेव पराजुलीले भने ‘अब काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा रहेका छौं।’

कुनै मेडिकल कलेजमा २२ त कतै १९ हजार रुपियाँ दिने गरेको बताउँदै पराजुलीले मणिपालमा भने १७ हजार रुपियाँ मासिक दिइने गरेको जनाएका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : ४६ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही