काठमाडौं – राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमान्डर दुर्गा प्रसाईंलाई मेचीपुलबाट नल्याइने भएको छ। अभियानका प्रवक्ता स्वागत नेपालका अनुसार प्रसाईंलाई देशभक्त नागरिक, पत्रकार र मानवअधिकारकर्मीसमेत मेचीपुल काकरभिट्टामा पुगेको कारण प्रहरीले काकरभिट्टा नाका छलेर भद्रपुरतर्फको गलगलिया नाकाबाट नेपाल ल्याउने तयारी गरेको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘अहिले देशभक्त नागरिकहरु, पत्रकार र मानवअधिकारकर्मीहरु समेत मेचीपुल काकरभिट्टामा पुगेको कारण प्रहरीले काकरभिट्टा नाका छलेर भद्रपुरतर्फको गलगलिया नाकाबाट नेपाल ल्याउने तयारी गरेको पनि अधिकारकर्मीहरुमार्फत बुझिएको छ। दुर्गा प्रसाईंलाई अधिकारकर्मी र पत्रकारहरुको रोहवरमा नेपाल प्रवेश गराइयोस्। अन्यथा नहोस्।’
प्रसाईंले बिहीबार साँझ भारतको आसाम राज्यको प्रहरीलाई आफूलाई नेपालसम्म सुरक्षित रूपमा पुर्याइदिन आग्रह गरेका थिए।
प्रसाईंको सचिवालयले झापाको भद्रपुर विमानस्थल आजै काठमाडौं ल्याउने कार्यक्रम रहेको बताएको छ।
प्रसाईंको सचिवालयले त्रिभुवन विमानस्थलको अन्तरिक टर्मिनलमा उपस्थित हुनसमेत सरोकारवालालाई अनुरोध गरेको छ।
प्रतिक्रिया