ट्रम्पले भन्सार महशुल बढाएपछि चिनियाँ राष्ट्रपति सीले भियतनाम, कम्बोडिया र मलेशियाको भ्रमण गर्ने « Khabarhub

ट्रम्पले भन्सार महशुल बढाएपछि चिनियाँ राष्ट्रपति सीले भियतनाम, कम्बोडिया र मलेशियाको भ्रमण गर्ने


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीले आगामी अप्रिल १४ देखि दक्षिणपूर्वी एशियाका तीन देशको भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले १४ अप्रिलका दिन भियतनामको भ्रमण गर्ने भएका छन् । त्यसैगरी, अप्रिल १५ देखि १८ सम्म उनी मलेशिया र कम्बोडिया भ्रमणमा जानेछन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई मुलुकले ४० भन्दा धेरै सम्झौतापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको दुई जना भियतनामी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चिनियाँ वाणिज्यमन्त्री वाङ वेनटाओले युरोपेली युनियन (ईयू), मलेशिया, साउदी अरब र दक्षिण अफ्रिकाका समकक्षीसँग भिडियो कलमार्फत वार्ता गरेका थिए ।

त्यसैगरी, चिनिया प्रधानमन्त्री लि चियाङले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनसँग कुराकानी गर्दै व्यापारिक सम्बन्धबारे छलफल गरेका थिए । अमेरिकाले चीनलाई लक्षित गरी व्यापार युद्ध चर्काएपछि राष्ट्रपति सीले विदेश भ्रमण गर्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १ सय ४५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यस्तो अवस्थामा दक्षिणपूर्वी एशियाली मुलुकहरुसँग व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि सी विदेश भ्रमणमा जान लागेका हुन् ।

यसअघि ट्रम्पले भियतनाममाथि ४६ प्रतिशत, कम्बोडियामाथि ४९ प्रतिशत र मलेशियामाथि २४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । यद्यपि पछिल्लो समय भने उनले ती मुलुकमाथि लगाइएको भन्सार शुल्क १० प्रतिशतमा कायम राख्दै आगामी ९० दिनका लागि स्थगनको घोषणा गरेका छन् ।

अमेरिकाले चीनमाथि लगाउने भनिएको भन्सार शुल्क भने हरेक दिनजसो बढिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : ३५ बजे

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार