ट्रम्पले भन्सार महशुल बढाएपछि चिनियाँ राष्ट्रपति सीले भियतनाम, कम्बोडिया र मलेशियाको भ्रमण गर्ने « Khabarhub

ट्रम्पले भन्सार महशुल बढाएपछि चिनियाँ राष्ट्रपति सीले भियतनाम, कम्बोडिया र मलेशियाको भ्रमण गर्ने


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीले आगामी अप्रिल १४ देखि दक्षिणपूर्वी एशियाका तीन देशको भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले १४ अप्रिलका दिन भियतनामको भ्रमण गर्ने भएका छन् । त्यसैगरी, अप्रिल १५ देखि १८ सम्म उनी मलेशिया र कम्बोडिया भ्रमणमा जानेछन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई मुलुकले ४० भन्दा धेरै सम्झौतापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको दुई जना भियतनामी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चिनियाँ वाणिज्यमन्त्री वाङ वेनटाओले युरोपेली युनियन (ईयू), मलेशिया, साउदी अरब र दक्षिण अफ्रिकाका समकक्षीसँग भिडियो कलमार्फत वार्ता गरेका थिए ।

त्यसैगरी, चिनिया प्रधानमन्त्री लि चियाङले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनसँग कुराकानी गर्दै व्यापारिक सम्बन्धबारे छलफल गरेका थिए । अमेरिकाले चीनलाई लक्षित गरी व्यापार युद्ध चर्काएपछि राष्ट्रपति सीले विदेश भ्रमण गर्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १ सय ४५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यस्तो अवस्थामा दक्षिणपूर्वी एशियाली मुलुकहरुसँग व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि सी विदेश भ्रमणमा जान लागेका हुन् ।

यसअघि ट्रम्पले भियतनाममाथि ४६ प्रतिशत, कम्बोडियामाथि ४९ प्रतिशत र मलेशियामाथि २४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । यद्यपि पछिल्लो समय भने उनले ती मुलुकमाथि लगाइएको भन्सार शुल्क १० प्रतिशतमा कायम राख्दै आगामी ९० दिनका लागि स्थगनको घोषणा गरेका छन् ।

अमेरिकाले चीनमाथि लगाउने भनिएको भन्सार शुल्क भने हरेक दिनजसो बढिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : ३५ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा