नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ? | Khabarhub Khabarhub

नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो समय अन्तिम मूल्य (क्लोजिङ प्राइज) फरक परिरहेको छ । नेप्से ३ बजे बन्द हुन्छ । तर नेप्सेको साइडमा ३ बजे हेर्दा बजार बढिरहेको देखिएता पनि १५/२० मिनेटपछि हेर्दा घटेको देखिन्छ । 

मंगलबार त्यस्तै भएको थियो । बजार बन्द हुँदा साइडमा बजार १ भन्दा बढी अंकले घटिरहेको थियो । तर, केही समयपछि हेर्दा भने नेप्से ३ अंक भन्दा बढीले घटेको देखियो । 

बुधबार पनि त्यस्तै भयो । बुधबार नेप्से बन्द हुँदा ३ बजे भने १३ अंकले बजार बढेको थियो भने करिब ३ः१८ बजेतिर हेर्दा भने ९ अंकले मात्र बढेको देखियो । 

बिहीबार पनि त्यस्तै भयो । बिहीबार ३ बजे ८ अंकले घटेको बजार आधा घण्टापछि हेर्दा ५ अंकले घटेको देखियो । सोही विषयलाई लिएर लगानीकर्ता नवराज दाहालले सामाजिक सञ्चालमार्फत बजार बन्द हुने ३ बजे भएपनि नेप्से घटेबढेको नतिजा हेर्न आधा घण्टा पर्खिनु पर्ने अवस्था आयो हैन त ? भन्दै प्रश्न गरे । 

‘सिस्टममा सेट गरेर तुरुन्त समायोजन हुने विधि अपनाउन त नियामक निकायमा बुद्धि विवेक भएका मान्छे चाहिन्छ जुन अहिले उपलब्ध छैनन् .. धन्यवाद ।’, उनले नियामकिय निकायलाई भने । 

नेप्सेमा यस्तो भएको यो पहिलो पटक भने होइन । नेप्सेले अन्तिम १५ मिनेटमा भएको कारोबारलाई एभरेजिङ गरेर मूल्य निर्धारण गर्न लागु गरेदेखिनै यस्तो भइरहेको छ । 

नेप्सेको स्टिमले सबै डाटाहरू लिएर त्यसलाई एभरेजिङ गराउन समय लाग्ने भएकाले गर्दा त्यस्तो भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुली बताउँछन् । 

परीक्षण गर्दा ७ देखि ११ मिनेटसम्म लागेको थियो तर अहिले कार्यान्वयनमा जाँदा १५ देखि २० मिनेट लागेको पराजुली बताउँछन् ।  

‘कम्प्युटर खोल्दा कहिले एकैछिनमा खुल्छ कहिले अलिकति समय लिन्छ त्यस्तै हो । समय चाहिँ लिन्छ यसले तर हामीले सोचेको भन्दा बढी लिएको छ’, पराजुलीले भने, ‘शून्य समय भन्ने त हुँदैन । संसारमा कतै पनि बजार बन्द हुनेबित्तिकै त आउँदैन । तर, १५ मिनेट भन्दा बढी समय लिन्छ भन्ने हामीले अनुमान गरेका थिएनौँ ।’ 

सिस्टमले विभिन्न डाटाहरू लिएर एभरेजिङ गराउनु पर्ने भएकाले त्यस्तो भएको पराजुली बताउँछन् । ‘३१७ वटा कम्पनीको कारोबार भयो । २ः४५ देखि ३ बजेसम्मको कति वटा कारोबार कति क्वानटीटीको भएको छ’, पराजुलीले भने, ‘त्यो सबै स्टमले तान्नु पर्‍यो । त्यसलाई एभरेजिङ गर्दा समय लाग्ने हो ।’ 

सिस्टम बढी क्षमताको ल्याएपनि त्यस्तै हुने पराजुली बताउँछन् । यो समस्यालाई ८ मिनेट १० मिनेटमा झार्न सकिएला तर शून्य गर्न भने नसकिने पराजुली बताउँछन् । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : ०१ बजे

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको छ । बैंकबाट कर्जा

माओवादीप्रति जनविश्वास बढ्दा प्रतिक्रियावादी आतंकित छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रि–ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२८ अंकले बढेको छ

सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने

काठमाडौं– सिक्लेस हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि असोज १० गते

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण