जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता | Khabarhub Khabarhub

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।

खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ ।

क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ ।

अध्यक्ष शाहीले भने, ‘दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनमासमेत योगदान पुग्ने विश्वास छ ।’

प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ ।

प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनीका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्‍ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुनेछ ।

५१ किलोमिटरको प्रतियोगितामा प्रथम हुने (महिला/पुरुष) लाई एक/एक लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) मा दोस्रो स्थान हासिल गर्नेलाई जनही ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई तीन हजार रुपैयाँ प्रदान गरिने छ ।

विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला/पुरुष) १० हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ४५ बजे

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप