वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन् ।

सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन् । अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गरे भने गेलालले ३६७ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित गुरूङ सङ्घको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् ।

यस्तै, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा महेशकुमार बस्नेत ४२३ निर्वाचित भए भने उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे ।

यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भइन् । सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ४७ बजे

रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो