गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै « Khabarhub

गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

कायरो- हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी कायरो जाँदैछ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुनेछ ।

अधिकारीले भने, “हामी आशा गर्छौं कि यो बैठकले युद्ध अन्त्य गर्न, आक्रमण रोक्न र गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न सहमति हासिल गर्ने दिशामा प्रगति ल्याउनेछ ।” सार्वजनिक रूपमा बोल्न अधिकार प्राप्त नभएकाले नाम नखुलाउने सर्तमा उनले यस्तो जानकारी दिएका हुन् ।

प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गर्ने जानकारी दिइएको छ ।

उनका अनुसार हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त गरेको छैन, यद्यपि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन् ।

यद्यपि, अधिकारीले इजिप्टका मध्यस्थकर्तासँग नियमित सम्पर्क र छलफल जारी रहेको बताए । साथै, उनले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : १७ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर