कङ्गोमा बालबालिकामाथि यौन हिंसा बढ्दो : युनिसेफ « Khabarhub

कङ्गोमा बालबालिकामाथि यौन हिंसा बढ्दो : युनिसेफ


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

किन्सासा- संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा, औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ ।

उक्त अवधिमा झण्डै १० हजार यौन हिंसासम्बन्धी घटनाहरू सङ्कलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडितहरू बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।

एल्डरले भने, “हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौं । यो त गम्भीर मानवअधिकार सङ्कट हो । कतिपय पीडितहरू निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।”

उनले अझै धेरै घटनाहरू डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुन सक्ने भन्दै अहिले उपलब्ध तथ्याङ्क ‘बरफको शिर मात्र’ हुनसक्ने चेतावनीसमेत दिए ।

युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको सुरक्षा र न्यायका लागि तत्काल तथा समन्वित प्रयास गर्न आग्रह गरेको छ । एल्डरले थपे, “हामीलाई रोकथामका लागि थप प्रयास, पीडितमैत्री सेवा र उजुरी गर्न सकिने सुरक्षित तथा विश्वसनीय माध्यमहरू आवश्यक छन् । पीडितहरूले महसुस गर्नुपर्छ कि विश्व उनीहरूका पक्षमा उभिएको छ । साथै, अपराध गर्ने व्यक्तिहरूले कानुनी जिम्मेवारी वहन गर्नैपर्छ ।”

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : ४१ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल