राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : अध्यक्ष दाहाल


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राजनीतिक रूपमा भएका परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गर्नुपर्ने समय आएको बताएका हुन् ।

आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै तथा पूर्वप्रधानमन्त्री दाहालले त्यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा अभियान छेडेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धसमेत मजबुत बनाएको बताए ।

अध्यक्ष दाहालले वर्तमान सरकारको गतिविधिबाट पछिल्लो समय जनआक्रोश बढ्दै गएको भन्दै यस परिस्थितिमा राष्ट्रिय एकता र परिवर्तनको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ५ : ३९ बजे

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण

गाजा – गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक