राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : अध्यक्ष दाहाल « Khabarhub

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : अध्यक्ष दाहाल


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राजनीतिक रूपमा भएका परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गर्नुपर्ने समय आएको बताएका हुन् ।

आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै तथा पूर्वप्रधानमन्त्री दाहालले त्यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा अभियान छेडेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धसमेत मजबुत बनाएको बताए ।

अध्यक्ष दाहालले वर्तमान सरकारको गतिविधिबाट पछिल्लो समय जनआक्रोश बढ्दै गएको भन्दै यस परिस्थितिमा राष्ट्रिय एकता र परिवर्तनको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ५ : ३९ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर