दुई गोलले पछाडि परेको सिटीको कमब्याक जित « Khabarhub

दुई गोलले पछाडि परेको सिटीको कमब्याक जित


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई गोलले पछाडि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसीपको शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ५-२ ले हराएको छ। सिटीको घरेलु इत्तेहाद रङ्गशालामा भएको खेलमा एबराची एजे र क्रिस रिचार्डले २१ मिनेटमा नै त्रिस्टल प्यालेसका लागि दुई गोलको अग्रता दिलाएका थिए।

केभिन डे ब्रायनले ३३ औँ मिनेटमा सानदार फ्रिकिक प्रहार गर्दै सिटीलाई खेलमा फर्काए। ३६ औँ मिनेटमा ओमार माउमोसले गोल गर्दै खेल बराबरीमा फर्काए। पहिलो हाफ बराबरीमा सकिएको खेलमा माटो कोभासिकले दोस्रो हाफको सुरुवातमा नै सिटीलाई अग्रता दिलाएका थिए।

दुई राम्रो अवसर गुमाएका जेम्स म्याकएटी ५६ औँ मिनेटमा गोल गरे। निको ओ रेलीले अन्तिम गोल गरे।

शनिबार भएका अन्य खेलमा दोस्रो स्थानको आर्सनल र ब्रेन्टफोर्डबीच १-१ गोलको बराबरी भयो। तेस्रो स्थानमा रहेको नटिङघम भने एभरटनसँग १-० ले पराजित भएको छ। रेलिगेसनमा परिसकेको साउथहाम्टनलाई अस्टन भिल्लाले ३-० ले हरायो। ब्रिङटन र लिचेस्टर सिटीले २-२ गोलको बराबरी खेले। तालिकामा ३१ खेल खेलेको लिभरपुलको ७३ तथा ३२ खेले खेलेको आर्सनल ६३ अङ्क छ।

फरेस्टको ५७ तथा सिटीको ५२ अङ्क छ। भिल्ला ५४ अङ्कसहित पाँचौँ स्थानमा छ। ३१ खेल मात्र खेलेको चेल्सी तथा ३० खेल खेलेको न्यु क्यासलको ५३ अङ्क छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ०० बजे

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु

स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड

सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा

काठमाडौं – सरकारी स्वास्थ्य संस्थाहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

काठमाडौं– आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै

पोखरा विश्वविद्यालयको ६२५ रोपनी र अरु विश्वविद्यालयको पनि सयौँ रोपनी जग्गा अतिक्रमणमा

काठमाडौं– पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमण भएको छ ।