बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने | Khabarhub Khabarhub

बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।

नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए । उनका अनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताए ।

जात्राअघि जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ४४ बजे

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार