२४ खेलमा लम्बियो बार्सिलोनाको अपराजित यात्रा « Khabarhub

२४ खेलमा लम्बियो बार्सिलोनाको अपराजित यात्रा


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा अग्रता कायम गरिहेको बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई २४ खेलमा लम्ब्याएको छ। यसका बाबजुद आफ्नो वास्तविक लयमा नफर्केको बार्सिलोनाले शनिबार राति लेगानेसलाई १-० ले हरायो। लेगानेसले पहिलो हाफमा नै केही राम्रो प्रयास गरेको थियो।

खेलमा आल्ड्रिया अल्टेमेरियाको राम्रो प्रहारलाई बार्सिलोनाका गोलरक्षक वेजेस्नीले बचाए।

डानी राबा पनि दुई पटक नजिक पुगेका थिए। जर्ज सान्जले ४८ औँ मिनेटमा आत्मघाती गोल गरे। यस जितले बार्सिलोनाको अग्रता ७ अङ्कमा पुगेको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आइतबार सङ्घर्ष गरिरहेको अल्भासको सामना गर्नेछ।

शनिबार भएका अन्य खेलमा मार्लोकाले रियल सोसिडाडलाई २-० तथा लास पल्मासले गेटाफेलाई ३-१ ले हराए। इस्पानियोलले सेल्टा भिगोसँगको खेलमा २-० को सफलता पायो।

बार्सिलोनाको ३१ खेलमा ७० तथा रियल म्याड्रिडको ३० खेलमा ६३ अङ्क छ। एट्लेटिको म्याड्रिडको ६० तथा एथलेटिको क्लबको ५३ अङ्क छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : १५ बजे

इजरायली मन्त्री अल-अक्सा मस्जिदमा छिरेपछि कतारको कडा विरोध

दोहा- कतारले इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इट्मार बेन-ग्भिरद्वारा अल-अक्सा मस्जिद

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष ०८१/८२ मा नेपालको कुल बेरुजु ७ खर्ब

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका