२४ खेलमा लम्बियो बार्सिलोनाको अपराजित यात्रा | Khabarhub Khabarhub

२४ खेलमा लम्बियो बार्सिलोनाको अपराजित यात्रा


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा अग्रता कायम गरिहेको बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई २४ खेलमा लम्ब्याएको छ। यसका बाबजुद आफ्नो वास्तविक लयमा नफर्केको बार्सिलोनाले शनिबार राति लेगानेसलाई १-० ले हरायो। लेगानेसले पहिलो हाफमा नै केही राम्रो प्रयास गरेको थियो।

खेलमा आल्ड्रिया अल्टेमेरियाको राम्रो प्रहारलाई बार्सिलोनाका गोलरक्षक वेजेस्नीले बचाए।

डानी राबा पनि दुई पटक नजिक पुगेका थिए। जर्ज सान्जले ४८ औँ मिनेटमा आत्मघाती गोल गरे। यस जितले बार्सिलोनाको अग्रता ७ अङ्कमा पुगेको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आइतबार सङ्घर्ष गरिरहेको अल्भासको सामना गर्नेछ।

शनिबार भएका अन्य खेलमा मार्लोकाले रियल सोसिडाडलाई २-० तथा लास पल्मासले गेटाफेलाई ३-१ ले हराए। इस्पानियोलले सेल्टा भिगोसँगको खेलमा २-० को सफलता पायो।

बार्सिलोनाको ३१ खेलमा ७० तथा रियल म्याड्रिडको ३० खेलमा ६३ अङ्क छ। एट्लेटिको म्याड्रिडको ६० तथा एथलेटिको क्लबको ५३ अङ्क छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : १५ बजे

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

काठमाडौं– सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन