अरुणा लामा र तारादेवीको स्मृतिमा गुञ्जिए कालजयी गीत « Khabarhub

अरुणा लामा र तारादेवीको स्मृतिमा गुञ्जिए कालजयी गीत


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली साङ्गीतिक क्षेत्रका नक्षत्र स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारले सम्झना मात्र गरेनन्, उनीहरूका कालजयी गीत समेत सुनाए । एभरेस्ट एफएमले पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रम गरेको हो ।

कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम सुरु भएको थियो । त्यसपछि पोखरेली कलाकारहरूको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरूले सामूहिक रुपमा देवी बन्दना गाएर साङ्गीतिक कार्यक्रम शुभारम्भ भएको थियो । त्यस लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै साङ्गीतिक माहोल तताए ।

रजनी ऋदम राईले माया गर्नेहरूका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनहरू सम्झिएर नोस्टाल्जिक बने ।

कलाकार एकपछि अर्को गर्दै स्टेज चढ्दै जाँदा साङ्गीतिक न्यानोपन गाढा हुँदै गयो । पोखरामा रहेर पनि राष्ट्रिय स्तरमा चर्चित ईतु जोजिजूले ‘उकाली ओरालीहरूमा’ गाउँदा होस् वा ईतुले आफ्ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाइरह्यो ।

अर्की पोखरेली गायिका सितल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा साङ्गीतिक माहोल नै छुट्टै बनेको थियो । त्यसमा काठमाडौंमा क्रियाशील महिला गायिकाहरूको साङ्गीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष वरिष्ठ गायिका सङ्गीता राना प्रधानले ‘फूललाई सोधेँ’ गीत गुञ्जाउँदा साङ्गीतिक माहोल सुनमा सुगन्ध थपेझैँ भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

त्यस्तै पोखरेली कलाकारहरूले समूहगानतर्फ ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेव’ (माया प्रीति चलचित्रबाट), र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : ०४ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको