अरुणा लामा र तारादेवीको स्मृतिमा गुञ्जिए कालजयी गीत « Khabarhub

अरुणा लामा र तारादेवीको स्मृतिमा गुञ्जिए कालजयी गीत


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली साङ्गीतिक क्षेत्रका नक्षत्र स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारले सम्झना मात्र गरेनन्, उनीहरूका कालजयी गीत समेत सुनाए । एभरेस्ट एफएमले पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रम गरेको हो ।

कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम सुरु भएको थियो । त्यसपछि पोखरेली कलाकारहरूको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरूले सामूहिक रुपमा देवी बन्दना गाएर साङ्गीतिक कार्यक्रम शुभारम्भ भएको थियो । त्यस लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै साङ्गीतिक माहोल तताए ।

रजनी ऋदम राईले माया गर्नेहरूका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनहरू सम्झिएर नोस्टाल्जिक बने ।

कलाकार एकपछि अर्को गर्दै स्टेज चढ्दै जाँदा साङ्गीतिक न्यानोपन गाढा हुँदै गयो । पोखरामा रहेर पनि राष्ट्रिय स्तरमा चर्चित ईतु जोजिजूले ‘उकाली ओरालीहरूमा’ गाउँदा होस् वा ईतुले आफ्ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाइरह्यो ।

अर्की पोखरेली गायिका सितल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा साङ्गीतिक माहोल नै छुट्टै बनेको थियो । त्यसमा काठमाडौंमा क्रियाशील महिला गायिकाहरूको साङ्गीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष वरिष्ठ गायिका सङ्गीता राना प्रधानले ‘फूललाई सोधेँ’ गीत गुञ्जाउँदा साङ्गीतिक माहोल सुनमा सुगन्ध थपेझैँ भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

त्यस्तै पोखरेली कलाकारहरूले समूहगानतर्फ ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेव’ (माया प्रीति चलचित्रबाट), र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : ०४ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका