घरेलु कामदारका लागि सहज बन्दै युएई « Khabarhub

घरेलु कामदारका लागि सहज बन्दै युएई


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अबुधाबी– संयुक्त अरब इमिरेट्स (युएई) ले घरेलु कामदारका लागि नयाँ नियम अद्यावधिक गरेको छ ।

युएई सरकारको मानव संसाधन मन्त्रालय (एमओ एचआरई) ले घरलु कामदारका लागि इजाजतपत्र प्राप्त भर्ती एजेन्सीहरूले सहज भर्ना प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख छ ।

गल्फन्युजका अनुसार अद्यावधिक गरिएका नियमहरूमा कम्पनीले कामदार भर्ना प्रक्रिया सुव्यवस्थित गर्ने, सेवास्तर सुधार गर्ने विषय छन् । मन्त्रालयले यो अद्यावधिक व्यवस्था रोजगारदाता र कामदार दुवैका लागि राम्रो हुने बताएको छ ।

अद्यावधिक नियमअन्तर्गत, भर्ती एजेन्सीहरूले अब रोजगारदाताहरूको आवेदन, इलेक्ट्रोनिक पेश्की, रसिद, र छपाई, साथै चिकित्सा परीक्षण र एमिरेट्स परिचयपत्र मन्त्रालयमा बुझाउनु पर्ने छ ।

मन्त्रालयको नियमअनुसार अब एजेन्सीहरूले विमानस्थलबाट घरेलु कामदारहरूलाई सहजीकरण गर्नुपर्छ । रोजगारदाताको निवासमा सुरक्षित यातायात सुनिश्चित गर्नुपर्छ । भर्तीको लागि उपलब्ध राष्ट्रियता र कामको भूमिकाको बारेमा जानकारी प्रदान गर्नुपर्छ।

एजेन्सीहरूले कामदारलाई रोजगारपूर्व अन्तर्वार्ता लिने, कामदारहरूलाई उनीहरूको भूमिकाको लागि तालिम दिने र तयार गर्ने साथै भर्ती गरिएका घरेलु कामदारका लागि उपयुक्त आवासको व्यवस्था गर्नुपर्ने छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : २० बजे

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा

झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता

काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो