नगर प्रहरीलाई विशेष तालिम « Khabarhub

नगर प्रहरीलाई विशेष तालिम


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- पेशागत र व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले नगर प्रहरीका लागि आयोजना गरेको ‘विशेष तालिम’ सम्पन्न भएको छ ।

पाँच नम्बर प्रहरी तालीम केन्द्र बुटवलमा आयोजना गरिएको २५ दिने सो तालिममा नगर प्रहरीका प्रहरी सहायक निरीक्षक एक, प्रहरी हवल्दार तीन र प्रहरी जवान १२ गरी कूल १६ जना नगर प्रहरीको सहभागिता थियो ।

उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र र दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । सो अवसरमा उहाँले पेशागत र व्यवसायिक मर्यादामा बसेर कुशलतापूर्वक काममा खट्न नगर प्रहरीलाई निर्देशन दिए ।

तालिममा प्रहरी अनुशासन, नगर प्रहरीमा हुनुपर्ने गुणहरु, काम, कर्तव्य, अधिकार, आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्याङ्कनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्व, आमसभा र जुलुसको समयमा गर्ने सुरक्षा व्यवस्थापन, ट्राफिक र ई–रिक्साको व्यवस्थापन, हाट बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाइ व्यवस्थापनबारेमा प्रशिक्षण दिएको प्रदेश नं. ५ प्रहरी तालीम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ३२ बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न