युवा सङ्घ कप भलिबल : सेमिफाइनल समीकरण पूरा « Khabarhub

युवा सङ्घ कप भलिबल : सेमिफाइनल समीकरण पूरा


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी। कैलालीको धनगढीमा जारी राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ मा चार टिम सेमिफाइनलमा पुगेका छन् । प्रतियोगितामा सहभागी टिम अछाम र ऐश्वर्य बहुमुखी क्याम्पस बाहिरिएसँगै सेमिफाइनल पुग्ने चार टिमको टुङ्गो लागेको हो ।

शाह पोल्ट्री फर्म, राना थारु आदर्श युवा क्लब , टिम मालिकार्जुन र राष्ट्रिय युवा सङ्घ डोटी सेमिफाइनलमा पुगेका हुन् । भोली सेमिफाइनलका सबै खेल हुने छन् । राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गतेदेखि आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल वैशाख २ गते हुने छ ।

प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुने टिमलाई ७५ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने युवा सङ्घले जनाएको छ । नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले उद्घाटन गरेको भलिबल प्रतियोगिताको समापन वैशाख २ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने छन् ।

पछिल्लो समय समाजमा बढिरहेको लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुवरले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ३८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल