संविधान दिवसको दिन ‘ब्ल्याक आउट’ गर्ने राजपाको निर्णय « Khabarhub

संविधान दिवसको दिन ‘ब्ल्याक आउट’ गर्ने राजपाको निर्णय


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ ।

२०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान संशोधन नगरेको भन्दै विरोधस्वरुप संविधान दिवसका दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए ।

असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । जसका लागि २७ जिल्लामा ४२ जनालाई खटाइएको छ ।

लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पनि विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जानकारी दिए ।

डा।बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ४७ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।