नेपाल सुपर लिग : आज काठमाडौं र चितवन तथा धनगढी र झापा खेल्ने  | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौं र चितवन तथा धनगढी र झापा खेल्ने 


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज काठमाडौं रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्ने छन् ।

काठमाडौं र चितवनको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे सुरु हुनेछ । लिग अन्तर्गत काठमाडौंले आज छैटौँ र चितवनले पाँचौ खेल खेल्न लागेका हुन् ।

अहिलेसम्मका खेलमा काठमाडौंले एकमा जित दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जित एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।

यस्तै, धनगढी र झापाबीचको खेल दशरथ रङ्गशालमा साँझ ६ बजे सुरु हुनेछ । अहिलेसम्म चार खेल खेलेको धनगढीले दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । समान खेल खेलेको झापा अङ्कविहीन छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३९ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न