गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन् | Khabarhub Khabarhub

गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्मै हुने गरेको बताएका छन् ।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

ठूला दल मिलेर सरकार बनेपछि जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको पनि उनले बताए । थापाले अहिलेको सरकार ट्रयाक्टरको गतिमा बढेको टिप्पणी गरे । जनताले चाहे जस्तो जोश, उत्साह र समर्पण सरकारको नेतृत्वले देखाउन नसकेको पनि उनले बताएका छन् ।

‘निजी क्षेत्र र बिचौलिया फरक कुरा हुन्, हाम्रो अर्थतन्त्रमा अहिले समस्या भएको बिचौलियाका कारण हो’, उनले भने, ‘म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै, नेतृत्वको बेडरुमसम्म हुने गरेको छ । मलाई अहिलेसम्म यो कुरा थाहा थिएन ।’

महामन्त्री थापाले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोड्दै बिचौलियाले नियुक्त गर्न खोजेको बताए । ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुला रूपमा बहस र छलफल हुने अवस्था छ’, थापाले भने ।

उनले बिचौलियाबीच नै गभर्नर कसलाई बनाउने भनेर प्रतिस्पर्धा हुने गरेको बताएका छन् । ‘पहिला पहिला गभर्नरबारे छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने हुन्थ्यो’, उनले भने, ‘अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस र छलफल हुने अवस्था छ । यस्तो अवस्था हामी कहाँनिर पुग्यौँ जवाफ खोज्ने बेला भएको छ ।’

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ३४ बजे

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा