रिलायबल म्युचुअल फण्ड बुधबारबाट निष्कासन हुने  « Khabarhub

रिलायबल म्युचुअल फण्ड बुधबारबाट निष्कासन हुने 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायबल समृद्धि योजना बुधबार (वैशाख ३ गते )देखि निष्कासन हुने भएको छ । जसको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ । 

बन्दमुखी म्युचुआल फण्ड १० वर्षका लागि खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत चैत १९ गते स्वीकृत भएको फण्डले भोलिबाट सर्वसाधारणको लागि खुल्ला गर्ने भएको छ । 

उक्त फण्डमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्तासम्म आवेदन दिन पाइने छ । 

फण्ड १० रुपैयाँका दरले १० करोड कित्ता रहेको छ । जसमा १५ प्रतिशत एक करोड ५० लाख कित्ता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई, १४ प्रतिशत अर्थात् एक करोड ४० लाख कित्ता योजना व्यवस्थापक इन्भेष्टमेलाई, १ प्रतिशत अर्थात् १० लाख कित्ता सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख कित्ता सर्वसाधारणको लागि जारी गर्ने छ । 

उक्त फण्डको सुपरिवेक्षक विजय बहादुर शाह, भुवन कडेल, शशि निधि तिवारी, सागर कुमार घिमिरे र नीरज श्रेष्ठ रहने छन् । 

म्युचुलअ फण्डको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना