सरकारबारे कांग्रेस नेताकै आक्रोशबीच ओली-देउवा एक घण्टा वार्ता | Khabarhub Khabarhub

सरकारबारे कांग्रेस नेताकै आक्रोशबीच ओली-देउवा एक घण्टा वार्ता


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय गठबन्धन सरकारप्रति नेपाली कांग्रेसका नेताहरूको आक्रोश चुलिँदो छ ।

नेता शेखर कोइरालापछि महामन्त्री गगनकुमार थापा पनि केपी शर्मा ओली नेतृत्वको सरकारसँग आक्रोशित छन् । उनले त मंगलबार मात्रै सरकारको गति कछुवाको भन्दा सुस्त भएको टिप्पणी गरेका छन् ।

अर्का नेता एनपी साउद पनि सरकारबारे खुलेर आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन् ।

कांग्रेस नेताहरू सरकारबारे आक्रमक हुँदा एमाले भने मौन जस्तै छ । सोमबार मात्रै बसेको एमाले सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको हो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् ।

भट्टराईले दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको बताएका छन् ।

यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ ।

एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दोछ ।

यही तनावबीच प्रधानमन्त्री ओली र देउवाबीच लामो संवाद भएको हो । मंगलबार मात्रै कांग्रेस महामन्त्री थापाले पनि सरकार कामबारे गम्भीर प्रश्न उठाएका थिए। सरकारको प्रस्तुतिबारे प्रश्न उठाउँदै उनले प्रधानमन्त्रिको बेडरुमसम्मै बिचौलियाले कब्जा जमाएको टिप्पणी पनि गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ०८ बजे

‘बलिदान’ र समीरको ‘हाइप’ बढाउन सन्तोषले दिएको करोडको गफ

काठमाडौं – फिल्म ‘बलिदान’ले बक्स अफिसबाट लगानी उठाउने सम्भावना निकै

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङ– यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख

विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

घर आँगनकै फूल नगद आर्जनको स्रोत  

महोत्तरी– तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल

पाँचथर फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर– पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु