हरियालीसहित २७०० बिन्दु पुगेर फर्कियो शेयर बजार « Khabarhub

हरियालीसहित २७०० बिन्दु पुगेर फर्कियो शेयर बजार


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार २७०० बिन्दु पुगेर फेरि फर्किएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले बढेर २६८.२२ बिन्दुमा पुगेको छ । नेप्से १.०१ प्रतिशतले बढ्दा करोबार रकम पनि बढेको छ । मंगलबार दिनभरमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

मंगलबार ३२० कम्पनी कारोबारमा आउँदा ६९ हजार ३६४ पकट शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये ११ वटा समूह बढेको छ भने दुई समूह घटेको छ । मंगलबार म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले र ट्रेडिङ समूह ०.६४ प्रतिशतले घटेको छ ।सबैभन्दा बढी लगानी समूह २.७१ अंकले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले